काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भए भने। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् ।
उनले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए । उनी पार्टी अध्यक्ष ओली निकट नेताका रुपमा चिनिएका नेता हुन् ।







प्रतिक्रिया लेख्नुहोस्:-