काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् ।। बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ की निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत प्राप्त गरि विजयी हासिल गरेकी हुन् ।
गौतमकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरे । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा माओवादीका उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएर पराजित भए।
काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-