काठमाडौं । इलामबाट प्रतिनिधिसभामा निर्वाचित भएका नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन्। उनले सोमबार इलामबाट काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छस जनताका अगाडि धेरै विषय र प्रश्न थिए,’ संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, ‘निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।’ लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताए।
ु







प्रतिक्रिया लेख्नुहोस्:-