काठमाडौं । मतगणनाको विषयमा बिवाद भएपछि सुनसरी क्षेत्र नम्बर ४ मा दुई दिनदेखि रोकिएको मतगणना कार्यलाई अघि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
सोमबार आयोगले सुनसरीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूरै मत सुरुदेखि गन्नुपर्ने मागसहित आयोगमा निवेदन दिएका थिए।
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरु नेकपा एमालेका उम्मेदवार जगदीश कुसियतसँग मिलेर ६ सय मत गडबडी गरेको आरोप उनले लगाएका थिए।







प्रतिक्रिया लेख्नुहोस्:-