काठमाडौं । आम निर्वाचनपछि सत्तारुढ गठबन्धनको पहिलो बैठक सोमबार बस्ने तय भएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको जानकारी दिए ।
गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । निर्वाचनको सम्पूर्ण परिणाम आइ नसक्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले आफूले प्रधानमन्त्री पाउनुपर्ने भन्दै अनौपचारिक छलफल गरिरहेको समयमा हुने लागेको सत्ता गठबन्धनको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-