काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।
नेता पौडेलले बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिएका हुन् ।
उनले विष्णुमति र सामाखुशी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गरे । संघीय सांसदमा निर्वाचित भए लगत्तै नेता पौडेल थप सक्रिय भएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-