काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी अहिले सरकार गठनको दौडमा नरहेको बताएका छन् । उनले विहीबार प्रेस चौतारी नेपाल, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे ।
अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो ।
देशमा आर्थिक र राजनीतिक संकट देखा परे नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने उनले बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-