काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले आजबाट अवकाश पाएका छन् । उनी उमेर हदका कारण अवकाशमा गएका हुन् ।
नियुक्तिदेखि नै विवादमा परेका जबराविरुद्ध २१ वटा अभियोग लगाएर फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोग प्रस्ताव गर्ने सांसदहरूको कार्यकाल सकिएर नयाँ सांसदहरू पनि आइसकेका छन् । तर, उनीविरुद्धको महाभियोग भने टुंगिएको छैन ।
संसद्को कार्यकाल समाप्त भएको र आफूविरुद्धको महाभियोग पनि निष्क्रिय भएको भन्दै उनले संसद् सचिवालयमा मंसिर २० गते निलम्बन फुकुवाको माग गर्दै पत्र लेखेका थिए । संसद्का महासचिव भरतराज गौतमले पनि निलम्बन फुकुवा भएको जानकारीसहित जबरालाई पत्र पठाएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-