काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा निर्वाचन आयोगलेतीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
बुधबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवारलगायतलाई धन्यवाद दिएको हो । आयोगले निर्वाचनमा भाग लिई मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-