काठमाडौं । नयाँ सरकार गठन गर्ने प्रक्रिया चलिरहेकै बेला सत्तारुढ दल नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् ।
संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकाले विश्वकर्माले बताए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन ।
संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-