काठमाडौं । भखैरै सम्पन्न भएको पोखरा क्षेत्रीय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ। हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए। उनले भने, ‘क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ। प्रतिवेदनमा सबै कुरा राम्रो छ। प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ।’
प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ ९एआइटी० मा प्रकाशन गरिनेछ। प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्न सक्ने जनाइएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-