काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा आएको जनमतका आधारमा आफ्नो दल प्रतिपक्षमा बस्ने बताएका छन् ।
उपाध्यक्ष पौडेलले शनिबार पर्वत–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई बहुमत प्राप्त नभएको र सिट संख्याको हिसाबले दोस्रो पार्टी भएकाले प्रतिपक्षमा बस्ने र सरकारको काम गुण÷दोषको हिसाबले मूल्याङ्कन गर्ने बताए ।
पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको उनले बताए । पौडेलले अहिले पनि समानुपातीकतर्फको मत हेर्दा एमाले नै ठूलो पार्टी बन्न सफल भएको दाबी गरे ।







प्रतिक्रिया लेख्नुहोस्:-