काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो दल प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। उनले आइतबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ,’ उनले भने, ‘अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ।’ अहिले पाँचदलीय गठबन्धन सरकार गठनको तयारीमा भए पनि त्यसभित्र पनि कुनै दललाई बहुमत प्राप्त नभएको उनको भनाइ छ।







प्रतिक्रिया लेख्नुहोस्:-