काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
नेपाललाई रूघा खोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उपचारको लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-