काठमाडौं । गत मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बानेश्वरस्थित संघीय संसद् भवनमा शपथ गराएका हुन् ।
राप्रपाको समानुपातिक कोटाबाट सांसद रहेका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । शपथ लिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू वैधानिक रुपमा सांसद भएका छन् । सांसद भएसँगै उनीहरूलाई सांसदले लगाउने लोगो प्रदान गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-