काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा काम गर्न सरकारी वकिलहरुलाई आग्रह गरेका छन् ।
उने शुक्रबार सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘कानुन कार्यान्वयन राज्यको महत्वपूर्ण जिम्मेवारीअन्तर्गत पर्दछ । यस क्रममा अपराध संहितालगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयन, नागरिकको अधिकारको संरक्षण गरी कानूनी सुनिश्चितता फौजदारी न्यायमा प्रभावकारिता अभिवृद्धि गराउने कार्यमा यो संस्थाको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘नेपाल सरकारविरुद्ध गरेका कानूनी विवादको प्रतिरक्षा गर्ने व्यवसायिक दायित्व भएको यो संस्थाले कानूनी र संवैधानिक परीक्षणमा सम्पादन गर्ने कार्यले उच्च महत्व राख्छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-