काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दलले नेकपा एमालेसँग एकता गर्नेबारे हालसम्म कुनै कुरा नभएको बताएका हुन् ।
अध्यक्ष नेपालले विहीबार पार्टीको जनवर्गीय संगठनको जुम बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्। एमालेले समाजवादीलाई पार्टीमा समाहित गरेर आफूलाई राष्ट्रपति बनाउने कुरा केवल भ्रम मात्रै भएको अध्यक्ष नेपालको भनाइ थियो।
जनवर्गीय संगठनका सदस्यहरुले पछिल्लो घटनाक्रमबारे अनेक प्रश्न उठाएपछि अध्यक्ष नेपालले आफ्नो बचाउ गर्दै जवाफ दिएका हुन्।
उनले जुम बैठकमा एमालेसँग एकताका लागि उपाध्यक्ष विष्णु पौडेलसँग कुनै कुरा नै नभएको बताएका छन्।
ु







प्रतिक्रिया लेख्नुहोस्:-