काठमाडौं , पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राजनीतिक दलहरु सत्तामा पुग्ने र बाहिरिने स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।
उनले शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, ‘तथापि हामी रणनीतिक रुपमा कहाँनिर चुक्यौं भन्ने कुराको समीक्षा गर्न जरुरी छ ।’ नेता खाँणले सरकार संचालनमा जाने प्रयास हुँदाहुँदै पनि प्राविधिक, राजनीतिक कारण र राष्ट्रिय प्रभावले गर्दा प्रतिकूलतामा पुर्याएको उल्लेख गरे ।
४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीको छैठौं साधारणसभा, चौंथो अधिवेशन शनिबार उद्घाटन गर्दै खाणले पार्टी र देशमा राजनीतिक परिवर्तनमा योगदान दिने बीपी कोइरालाको दूरदर्शिता आजको आवश्यकता भएको बताए ।






प्रतिक्रिया लेख्नुहोस्:-