काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ पुसमा संसदबाट विश्वासको मत लिने भएका छन्। ११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय संसद्को कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।
‘२६ पुसमा विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाउनुभएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने।
प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलीय समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसलाई बोलाइएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-