काठमाडौं । विगत केही दिनदेखि अवरुद्ध भएको राहदानी विभागको काम सुचारु भएको छ ।
विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।
त्यस्तै, विभागले आफ्नो मोबाइलमा एसएमएस आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि विभागमा लिन आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।
विभागमा सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समाधानका लागि निर्देशन पनि दिएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-