काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पुष्पकमल दाहालले सहयोग गर्ने अपेक्षा गरेर नै आफ्नो पार्टीले उनलाई विश्वासको मत दिएको बताएका छन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बारेमा आउँदो दिनले त्यसको थप पुष्टि गर्दै जाने पनि बताए।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले भने, ‘म सभामुख र उपसभामुखको कुरा गरिरहेको छैन,’ आगामी दिनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा हुनेछ। ती चुनावहरूमा हाम्रो उममेदवार प्रस्तुत त गर्छौं। त्यसमा सहयोगको अपेक्षा त राखेका छौँ।’







प्रतिक्रिया लेख्नुहोस्:-