काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाखको धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै सन्दीपले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सन्दीपविरुद्ध एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ।







प्रतिक्रिया लेख्नुहोस्:-