काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू उद्योगी व्यवसायी मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।
मन्त्री पौडेलले शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराश हुनु नपर्ने गरी काम गर्ने बताए । उनले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको उनले बताए । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको स्पष्ट पारे ।
“







प्रतिक्रिया लेख्नुहोस्:-