काठमाडौं । विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्वकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै यसको संकेत गरेका हुन् । “आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु,” उनले भनेका थिए ।
अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग प्रचण्डले दिनहुँ जस्तै छलफल गर्दै आएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-