काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अब मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित हुनुपर्ने निर्णय भएको बताए। यसअघि मन्त्रीहरुले आफूखुसी भेटघाट गर्दै आएका थिए । यसबारेमा धेरै लामो समयदेखि नै प्रश्न उठेता पनि ठोस निर्णय हुन सकेको थिएन ।







प्रतिक्रिया लेख्नुहोस्:-