काठमाडौं । रवि लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
आज काठमाडौं प्रशासन कार्यालय पुगेर पुनः नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए। कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनस्स्थापित गरेको छ। शुक्रबार अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए ।
तर, आइतबार बिहान कार्यालय खुलेसँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए। निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए। त्यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।







प्रतिक्रिया लेख्नुहोस्:-