काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शक्ति केन्द्रहरुबीच राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भइरहेको बताएका छन् । उनले प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले सरकारमा भाग खोजेर आश्चार्यजनक व्यवहार देखाएको बताएका छन् ।
एमाले गुल्मीको छैटौं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले नेकपा माओवादी केन्द्र सहमतिबाट पछाडि नहट्ने विश्वास व्यक्त गरे ।
सरकार गठन गर्ने क्रममै राष्ट्रपति र सभामुख एमालेले पाउने गरी सहमति भएका कारण उक्त सहमतिबाट माओवादी ब्याक नहुने दाबी गरे ।
केही दिनअघि सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिअनुसार अघि बढ्ने निर्णय गरेकोप्रति इंगित गर्दै ज्ञवालीले अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भैरहेको उल्लेख गरे ।
‘






प्रतिक्रिया लेख्नुहोस्:-