काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ जस्तो लागिरहेको बताएका छन्।
सांसद समेत रहेका पौडेलले बुधबार काठमाडौंमा आयोजित अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै आफू पहिलो पटक संघीय संसदमा पुगेको र त्यो चुनावी सभा जस्तो लागेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।
उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा आपत्ति जनाए। मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे।







प्रतिक्रिया लेख्नुहोस्:-