काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार दुई दिनसम्म काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनले बास्कोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिका अन्य पदाधिकारी पनि सर्वसम्मत रुपमै चयन भएका छन् । यसअघि अध्यक्षमा दावी गरिरहेका मिलन पाण्डे र प्रकाशचन्द्र परियार उपाध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा विमला अधिकारी पनि छन् ।
महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-