काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसले यस खालका मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने प्रतिक्रिया दिएको छ । उक्त मुद्दा द्वन्द्वकालीन मुद्दा रहेको उल्लेख गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने, ‘द्वन्द्व मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्छ ।’
त्यसअघि उनले भने, ‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोटबाट फौजदारीको रूपमा हेर्ने होइन ।’
सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताए । उनले भने, ‘सर्वोच्चको पछिल्लो आदेशले पनि द्वन्द्वकालमा भएको मुद्दाको संक्रमणकालीन न्यायको पद्धतिबाटै भन्ने कुरा आदेशले त्यो ठाउँ राखेको छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-