काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन्।
उनले बुधबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०र८१ को बजेटबारे छलफलमा भाग लिँदै यस्तो बताएका हुन्।
उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तीव्रगतिमा विभाजित गरी कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हितमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए।
उनले कृषि उत्पादन तथा व्यावसायीकरण र औद्योगीकरण प्राथमिकतामा पर्नुपर्ने बताए। गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउनेबाहेक अन्य काम गर्न नसक्ने दाबी गरे।







प्रतिक्रिया लेख्नुहोस्:-