Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्ष  डा. बन्जाडेको हाइ कमान्डका ४ जनाको रजगज 

साउन ३२, २०८० ७:२२ मा प्रकाशित
अध्यक्ष  डा. बन्जाडेको हाइ कमान्डका ४ जनाको रजगज 
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष  डा अर्जुन बन्जाडेले संस्था भित्र गर्ने सबै काम र निर्णय ४ जनाको सहमतिमा गर्न थालेका छन् । गौरी राज जोशी, हरिबोल भण्डारी, प्रमोद सिटौला र कृष्णजिवी पन्तको सहमतिमा तयार भएको प्रस्ताव र सूचि कार्यसमितिमा अनुमोदनका लागि प्रस्तुत गर्दै आएका छन् । गत निर्वाचनमा अध्यक्षमा जिताउन सहयोग गरेका आनन्द विष्ट, सञ्जय थापा र पूर्व अध्यक्ष सुनिल साहसँग  भने डा बन्जाडेले औपचारिकता मात्र पुरा गर्ने गरेका छन् ।

चार जनाको रजगज

हाइकमाण्डको बैठकमा हरिबोल भण्डारीले आफ्ना स्टोरमा काम गर्ने कामदार सहितका ४ जनालाई सल्लाहकार बनाउन नाम प्रस्ताव गरेका थिए । भण्डारीको प्रस्ताव पनि अध्यक्ष बन्जाडे र हाइकमाण्डका सबैले अनुमोदन गरे ।

त्यस्तै गौरीराज जोशीले आफ्नो समूहका ५ जना सल्लाहकार समिति र एक जनाको नाम प्रमुख संरक्षकमा प्रस्ताव गरे । सुमन तिमिल्सिनाको नाम हाइकमाण्डमा गौरी जोशीले प्रस्ताव गरेका हुन् । न्याक नामको संस्थाले एनआरएनए अमेरिकाको नाममा आइसीसीमा प्रतिनिधित्व गर्दै आएको थियो । तिमिल्सिना  त्यस समय सो संस्थाको अध्यक्ष भएको हुनाले उनलाई संस्थापक अध्यक्ष भन्ने गरिन्छ । न्याकमा एनआरएनए अमेरिकाको नाममा आर्थिक अपचलन भएको आरोप कार्यसमितिको बहुमतले लगाए पछि तिमिल्सिना कार्यकाल नसकिँदै संस्थाबाट राजीनामा दिएर हिँडे । त्यो घटनालाई नजिकबाट हेरिरहेका कतिपयले सामाजिक सञ्जालमा तिमिल्सिनाले आर्थिक अपचलनको पाटोलाई प्रस्ट गर्न नसकेको आरोप अहिलेसम्म लगाइरहेका छन् । त्यस पछि तिमिल्सिना एनआरएनए अमेरिकाको प्राय कुनै कार्यक्रममा सहभागी भएको देखिँदैन । तर गौरी जोशीले सुमन तिमिल्सिनालाई प्रमुख संरक्षक बनाउन गरेको प्रस्तावलाई अध्यक्ष बन्जाडे सहित हाइकमण्डाले अनुमोदन गर्‍यो । प्रमुख संरक्षकमा तिमिल्सिनाको नाम डाक्टर बन्जाडेले कार्यसमितिमा टेबल गरिसकेका छन् । सञ्जय थापासँग नाम मागेर केही मानिसलाई सल्लाहकारमा बन्जाडेले प्रस्ताव गरेका छन् ।

सुनिलको हात खाली 

एनआरएनए अमेरिकाको गत निर्वाचनमा आफू निकट कसैलाई पनि जिताउन नसकेका पूर्व अध्यक्ष सुनिल साहले यस पटक पनि कसैलाई जिताउन सकेनन् । तर बाहिर भने आफूले एनआरएनए अमेरिकाको अध्यक्ष नै जिताएको भन्दै विश्वभर प्रचार गरिरहेका छन् । यति सम्म की पूर्व अध्यक्ष सुनिल साहसग नजिक रहेका कसैलाई पनि सल्लाहकार र संरक्षकमा डाक्टर बन्जाडेले नाम प्रस्ताव गरेनन् । सुनिल साह संरक्षक परिषद् र सल्लाहकार समितिमा समेत अटाएनन् । डाक्टर बन्जाडेकै लागि आफू अध्यक्ष बनाउने समूहसँग विद्रोह गर्दै आएको जिकिर गरिरहेका सुनिल साह अहिले घर न घाटको भएका छन् ।

हाइकमाण्डबाट अनुमोदन गराएर अध्यक्ष बन्जाडेले कार्यसमितिमा प्रस्ताव गरेका २७ जना सल्लाहकार मध्ये १८ जना गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भोटर लिस्टमा समेत नरहेको सत्य चौधरीले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् । एनआरएनए अमेरिकाको विधान कमिटीमा समेत बसेर काम गरिसकेका पूर्व बोर्ड सदस्य चौधरी सिफारिस भएका १८ जना व्यक्तिहरू हालसम्म गैर आवासीय नेपाली सङ्घ अमेरिकाको कुनै पनि भूमिकामा नरहेका कारण योग्य नरहेको दाबी गर्छन् । सत्य चौधरीको दाबीलाई अध्यक्ष बन्जाडेले खण्डन गर्न सकेका छैनन् ।

परिवर्तन अपरिहार्य छ भन्ने चुनावी नारा डाक्टर बन्जाडे  समूहको बनाएर क्याम्पेनिङ  म्यानेजनरको भूमिकामा काम गरेका चौधरी अहिले अध्यक्ष बन्जाडेले विगतमा भन्दा पनि खराब र पश्चगामी कामको थालनी गरेकोमा सार्वजनिक रूपमा नै आलोचना गरिरहेका छन् । चौधरी मात्र होइन आफ्नै समूहका उपाध्यक्ष प्रेम तामाङले पनि कार्यसमिति बैठकमा सिफारिस गरिएका सल्लाहकार र संरक्षकको नाममा बन्जाडेको चर्को आलोचना गरे । उपाध्यक्ष तामाङ मात्र होइन कार्यसमिति बैठकमा अध्यक्ष बन्जाडे समूहबाट निर्वाचित भएका अरू पदाधिकारी र बोर्ड सदस्यहरूले समेत बन्जाडेको चर्को आलोचना गरेका थिए ।

कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई पटक पटक विधान पढ्नु भन्दै सल्लाह दिने अध्यक्ष बन्जाडे स्वयमले भने संस्थाको विधि, विधान र प्रक्रिया मिचेर प्रस्तावहरू ल्याएको भन्दै कार्यसमिति बैठक विवाद भयो र उनका प्रस्तावहरू अनिर्णीत बन्न पुगेका छन् । विधानतः मनोनीत गर्न प्रस्तावितहरूको योग्यता र व्यक्तिगत विवरण ४८ घण्टा अगाडि कार्यसमितिलाई जानकारी गराउनु पर्छ । सचिवालय मार्फत प्रस्तावहरू कार्यसमितिमा प्रस्तुत गर्नु पर्ने हो । अध्यक्ष बन्जाडे आफैले सचिवालयलाई वाई पास गरेर प्रस्ताव टेबल गरे । विधान अनुसार ४८ घण्टा अगाडि मनोनितहरुको योग्यता र विवरण पनि कार्यसमितिलाई जानकारी गराउनु पर्नेमा सिधै नाम पढेर सुनाए । महासचिव रामहरी अधिकारीले अध्यक्षले ल्याएको प्रस्ताव र तरिका संस्थाको विधि विधान र प्रक्रियासँग नमिलेको भन्दै आलोचना गरेका थिए ।

पूर्वाग्रहको पराकाष्ठा 

संस्थाको प्रमुख संरक्षक निवर्तमान अध्यक्ष हुनु पर्छ भन्दै सुनिल साहलाई प्रमुख संरक्षक नबनाएर तत्कानिल अध्यक्ष बुद्धि सागर सुबेदी र कार्यसमितिले गम्भीर गल्ती गरेको आरोप डाक्टर बन्जाडेले सार्वजनिक रूपमा नै लगाएका थिए । त्यही आरोप लगाउँदै संस्था नै छोडेर बन्जाडे अर्को विद्रोही समितिको संरक्षक बस्न पुगे । निर्वाचनको मुखमा संस्थामा फर्किएर अध्यक्ष बने पछि भने उनले निवर्तमान अध्यक्ष बुद्धि सागर सुबेदीको नाम प्रमुख संरक्षकमा सिफारिस गरेनन् । एनआरएनए अमेरिकाको इतिहासमा नै सबैभन्दा जुनिएर केही व्यक्तिलाई संरक्षक बनाएर संस्थाको उचाइ समेत गिराएका छन् । प्रमुख संरक्षकमा विवादित र एनआरएनए अमेरिकाको कुनै पनि गतिविधिमा नजोडिएका सुमन तिमिल्सिनाको नाम प्रस्ताव गरेपछि अरूलाई अर्ति दिएर नथाक्ने डा बन्जाडेको पूर्वाग्रह  सतहमा आएको छ ।

निर्वाचित दुई तिहाइ भन्दा बढी बहुमत  आफ्नो पक्षमा रहेको समयमा समेत तत्कालीन अध्यक्ष बुद्धि सागर सुवेदीले सल्लाहकार समिति र संरक्षक समितिमा विपक्षी समूहका २५ प्रतिशत भन्दा बढिलाई समेटेका थिए । सुवेदीले आफ्ना कृष्ण लामिछानेका सहयोगी मुक्ति पन्त, प्रतिद्वन्दि उम्मेदवार डाक्टर बन्जाडेका चुनावका प्रमुख सयोगी ज्ञानेन्द्र कार्की, लगायत २५ प्रतिशतलाई सल्लाहकार समितिमा ल्याएका थिए । त्यस्तै संरक्षक परिषद्मा पनि कृष्ण लामिछानेका चुनावी कामाण्डर बिष्णु सुवेदी लगायतलाई तत्कालीन अध्यक्ष सुवेदीले समेटेका थिए । पार्टीगत हिसाबले नेपाल काँग्रेस, एमाले, माओवादी नजिक जनसम्पर्क समिति, प्रवासी मञ्च लगायतबाट पनि सन्तुलन मिलाएर सल्लाहकार समितिमा चयन गरेका थिए । वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त लगायत पदाधिकारी र सदस्यहरूसँग सल्लाह र सम्भावित व्यक्तिहरूको नाम मागेर अध्यक्ष सुबेदीले मनोनयनको काम गरेका थिए ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा पराजित डिलु पराजुलीसँग सहकार्य गरेर निर्वाचन जितेकाहरूको उपस्थिति ठुलो छ । तर पनि अध्यक्ष बन्जाडेले डिलु पराजुलीसँग नजिक रहेका र सिफारिस गरेका एक जनाको नाम पनि सल्लाहकार र संरक्षक परिषद्मा राखेनन् । डिलु पराजुली र बुद्धि सागर सुवेदीसँग मिलेर साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीमा चेयर भएर सबै भन्दा राम्रो काम गरेका विश्वभर प्रशंसा र चर्चा पाएका डाक्टर माधव पाण्डेलाई समेत अध्यक्ष बन्जाडेले सल्लाहकार समितिमा राखेनन् ।

गालीबाजलाई ताज 

चौथो पटकको प्रयासमा प्रवक्ता बनेका राजन पन्त पूर्वाग्रही तर्क र तल्लो स्तरको गालीगलौजका महारथी मानिन्छन् । यस अघि पन्तले एनआरएनए अमेरिका २०१५–१७, २०१७–१९ र २०१९–२१ को कार्यकालमा प्रवक्ता हुन प्रयास गरेका थिए । २०१७–१९मा प्रवक्ता हुन नपाएपछि डाक्टर केशव पौडेल र डा यादव पण्डितसँग रिसाएका थिए । २०१९–२१मा सुनिल साहसँग मुखै खोलेर आफूलाई प्रवक्ता बनाउन आग्रह गरेका थिए । प्रवक्ता बनाउने एक जना व्यक्तिको नाम सुनिल साहले पहिला नै तय गरेका थिए । अरू कसैको आग्रह, दबाब र सुझाव सुन्ने पक्षमा थिएनन् । तर साहले चलाखी पूर्वक आफूले पन्तलाई प्रवक्ता बनाउन चाहेको तर डाक्टर यादव पण्डितले रोकेको भन्दै आफूले प्रवक्ता बनाउन चाहेको व्यक्तिको यथार्थ लुकाएर आफ्नो टाउको जोगाउँदै दोष पण्डितलाई दिए । त्यस पछि सोसल मिडिया र सार्वजनिक मञ्चहरूमा डाक्टर पण्डित विरुद्ध आधार हीन आरोप र गालीगलौजको विष बमन गर्दै आएका छन् ।

अध्यक्ष निर्वाचित भएमा सोफिन  थापालाई  प्रवक्ता बनाउने बचन दिएर महासचिवको दौडमा रोकेका अध्यक्ष बन्जाडेले निर्वाचन पछि सपथ ग्रहण अगाडिसम्म थापालाई नै प्रवक्ता बनाउने तयारीमा थिए । निर्वाचन सकिएको केही समय पछि सोफिन थापालाई निर्वाचनमा रोक्न सहयोग गरेका गौरी जोशीसँग बन्जाडेले अचानक बोली फेरे । राजन पन्तलाई प्रवक्ता बनाउनु पर्ने भयो । नत्र राजनले मलाई डाक्टर यादव पण्डितलाई जस्तै गरेर खेद्ने छन्  भनेर बाध्यता दर्साएको स्रोतको भनाइ छ  ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result