Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको आफ्नै रिर्पोटले निर्वाचनमा धाँधली भएको ठहर गर्‍यो

कार्तिक १०, २०८० ११:२८ मा प्रकाशित
एनआरएनमा मतदान जारी, अध्यक्षमा रबिनाको समर्थन महेशलाई 
Share on FacebookShare on Twitter

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा भएको मतदान र मत परिणाम सार्वजनिक गर्ने क्रममा विवाद उत्पन्न भएको विषयलाई छानबिन गर्न बनेको उच्चस्तरीय अनुगमन समितिले १० बुँदामा गम्भीर त्रुटीहरु फेला पारेको छ ।

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूती गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदको सचिवालयले उच्चस्तरीय निर्वाचन अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिले शुक्रबार एक प्रतिवेदन तयार गर्दै निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता गरेको प्रष्ट पारेको छ । तेस्रो पक्ष भेन्डर (भेरो)ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको अनुगमन समितिको निष्कर्ष छ ।

निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदान प्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको, उमेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र बिकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको, मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उमेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको, उपाध्यक्षका एक जना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई सून्यकरण गरिएको जस्ता त्रुटीहरु अनुगमन समितिले फेला पारेको छ ।

अनुगमन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ,‘मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगाएत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको साथै निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो ।’

समितिले अनुगमनका क्रममा उम्मेदवारहरु तथा मतदाताहरुसँग सोधपुछ गर्ने, निर्वाचन समितिका क्रियाकलापलाई अनुगमन गर्ने, उपलब्ध कागजातहरुको अध्ययन गर्ने लगायतका क्रियाकलापबाट प्रतिवेदन तयार पारेको जनाएको छ । तर निर्वाचन समितिले एनआरएनएको निर्वाचनका विषयमा कहिले पनि अनुगमन समितिसँग छलफल तथा सूचनाहरु सम्प्रेषण नगरेको र निर्वाचनको दौरानमा अनुगमन समितिलाई कुनै पनि कुराको अनुगमनका लागि पहुँच नदिएको स्पष्ट पारेको छ ।

अनुगमनका सिलसिलामा प्राप्त भएका सूचना, अवलोकन तथा तथ्यहरू
१. गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत चलिरहेको नेतृत्व छनौट लगायतका प्रकृयामा रिजल्ट प्रकाशित गर्ने क्रममा प्राप्त मतमा विश्वसनियता नभएको भनि महाधिवेशनस्थलमै अध्यक्षत्रय (डा.बद्री केसी, कुल आचार्य र रविना थापा) र निर्वाचन समितिले छुट्टाछुट्टै सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि अधिवेशनका सम्पूर्ण गतिविधिहरु स्थगित गरेर त्यतिबेला देखिएको समस्याका सम्बन्धमा १४ दिन भित्र अनुसन्धान गर्ने निर्णय भएको पाइयो । यसबाट निर्वाचन समिति आईसीसीका पदाधिकारीहरु, सम्बन्धित उम्मेदवारहरुसमेत सम्पूर्ण पक्षले निर्वाचन प्रकृयामा ब्यापक अनियमितता भएको ठहर(स्वीकार गरेको पाइयो । हाम्रो अनुगमनमा समेत निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता देखिएकोले सोही अनुसार ठहर गरियो ।

२. तेश्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पाइयो । निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदान प्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको पाइयो । यसैगरी, उमेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र बिकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको पाइयो ।मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उमेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको पाइयो । यसैगरी उपाध्यक्षका एक जना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई सून्यकरण गरिएको पाइयो ।

३. मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगाएत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको पाइयो ।
४. निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो । यसरी मतदानबाट वञ्चित गरिएका मतदाताहरुको संख्या ५४ जना भन्दा बढी भएको र यो संख्या सम्पूर्ण निर्वाचन परिणामलाई फरक पार्न सक्ने संख्या भएकोले यो निर्वाचन स्वीकार्य हुन नसक्ने देखियो ।

५. कतिपय मतदाताहरुले मतदान गर्ने क्रममा फेस भेरिफेकसन गर्दा प्रक्रिया अगाडि बढे पनि पहिला नै मतदान गरिसकेको भन्ने सूचना मोबाइलमा आएको पाइयो । जुन निर्वाचनको प्रक्रियागत त्रुटीको रुपमा लिइएको छ । जस्तो विश्व बराल, टिकाबहादुर कार्की, सिता सापकोटा, गोविन्द श्रेष्ठ (रोविन) आदि ।

६. अध्यक्षका एक उम्मेदवार डा.बद्री केसीले भेरो भोटिङ र निर्वाचन समितिका काम कारबाहीको विषयमा प्रश्न उठाउँदा सम्बन्धित पक्षले उत्तर दिनुको साटो उम्मेदवार केसीले नै जवाफ दिने गरेको पाइयो । यसले निर्वाचन समिति भेरो भोटिङ र उम्मेदवार केसीको बीचमा अनुचित सेटिङ कायम भएको देखियो ।

७. उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा प्रयोग गरिएको नाम र स्पेलिङको आधारमा मतदान प्रणालीमा नाम प्रविष्ट गर्ने तथा त्यसको टेस्टिङ गर्नु पर्नेमा त्यसो नगरी तेस्रो पक्ष र निर्वाचन समितिले गम्भीर कुरालाई पनि हल्कारुपमा लिएको पाइएको, जुन निर्वाचनलाई असर पार्ने प्रमुख कारकको रुपमा देखियो ।

८. नेपालको महाधिवेशनस्थल होटेल सोल्टीमा स्थापना गरिएको निर्वाचन बुथबाट मतदान गर्नु पर्ने नियम बनाइएकोमा आफू खुसी एक उम्मेदवार निकट व्यक्तिहरुलाई मोबाइलबाटसमेत मतदान गर्न दिइएको पाइयो  ।

९. सोल्टी होटेलमा मतदान गर्न पुगेका मतदाताहरुको युजर आइडी र पासवर्ड अनधिकृतरुपमा संकलन गरी त्यसलाई दुरुपयोग गरिएको पाइयो ।

१०. रसियाबाट प्रक्रियामा समावेश नभएका केही डेलिगेट्सहरुलाई पनि मतदान प्रक्रियामा भाग लिन लगाइएका गुनासोहरु आएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result