काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न अध्यक्ष मा संयोजन समिति बनाउने निर्णय गरेको छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा ६ सदस्यीय एकता संयोजन समिति बनाउने निर्णय गरेको हो ।
बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता र ध्रुवीकरण संयोजन समिति बनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-