Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

मंसिर १८, २०८० ४:०६ मा प्रकाशित
भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Share on FacebookShare on Twitter

अमेरिका – विज्ञहरुले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पबाट जोगिन पूर्व तयारीमा जोड दिएका छन्।
जय नेपाल फाउण्डेशनले आइतबार आयोजना गरेको भर्चुयल कार्यक्रमलाई संवोधन गर्दै त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा. सुबोध ढकालले इन्डियन र तिब्बतियन प्लेटको विचमा रहेकाले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको बताउनु भयो । सन् १५०५ पछि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन । अब हामीले भूकम्प प्रतिरोधात्मक क्षमताका घरहरु निर्माण गर्नलाई जोड दिनुपर्छ । त्यसका लागि सरकारले बनाएको नीति नियमहरु कार्यान्वयन गरेर अघि बढ्नु पर्छ । यसैगरी भूकम्पको विषयमा जनचेतना जगाउनका लागि काम सुरु गर्नु पर्छ,” उहाँले भन्नु भयो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) संग आबद्ध भूकम्पविद् डा. शिव सुवेदीले सन् २००३ मा इरानमा ६.६ म्यग्निच्युडको भूकम्प जाँदा ३४ हजारको ज्यान गयो भने २०१६ मा न्युजिल्यान्डमा ७.७ म्यग्निच्युडको भूकम्पमा जम्मा ५७ जनाको ज्यान गएको बताउनु भयो। गोरखा र जाजरकोटमा गएको भूकम्पको तुलना गर्दा घर निर्माण गर्दा प्रयोग गरिएको तरिका तथा सामाग्रीहरू नै धेरै क्षतिहुनुको प्रमुख कारण रहेको पाइएको उहाँले बताउनु भयो। नेपालमा पनि भूकम्प पूर्व सूचना प्रणाली विकास गर्न सके कुनै ठाउँमा भूकम्प जाँदा देशैभर तुरुन्त यस सम्बन्धी जानकारी पुग्ने र ठूलो क्षतिहुनबाट जोगाउन सकिने उहाँले धारणा राख्नु भयो।
अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्स ग्रेटर ह्युस्टन च्याप्टरका सल्लाहकार डा. राजेन्द्र श्रेष्ठले चिलीमा हैटीमा भन्दा शक्तिशाली भूकम्प जाँदा समेत भूकम्पको लागि पूर्व तयारी भएको कारण धेरै कम क्षति भएको बताउनु भयो। “हाम्रो हिमाली क्षेत्र भूकम्पको धेरै जोखिममा रहेकाले अन्य देशहरूको अनुसरण गर्दै अहिले देखि नै पूर्व तयारीमा लाग्नु पर्ने आवश्यकता छ,” उहाँले भन्नु भयो।
क्यानाडास्थित बिजीसी इन्जिनियरिङ इङ्कसंग आबद्ध जियोटेक्निकल इन्जिनियर डा. केशव शर्माले नेपालमा सन् २०१५, चिलीमा सन् २०१० र २०१४ मा गएको भूकम्पको तुलना गर्दा चिलीमा कम क्षति हुनुमा चिलिले हरेक पटक भवन कोडमा सुधार गर्दै जानु मुख्य कारण रहेको बताउनु भयो। भूकम्पबाट हुने क्षति कम गर्नको लागि चरणबद्ध रूपमा घरहरूको रेट्रोफिटिङ्ग गर्न आवश्यक भएको उहाँले बताउनु भयो।
अष्ट्रेलियास्थित वैज्ञानिक डा. राजु अधिकारीले प्राकृतिक प्रकोप पश्चात मानसिक रूपमा पर्ने असर कम गर्न मनोपरामर्श सेवा प्रदान गर्नु पर्ने बताउनु भयो। भू-प्राविधिक समाज, नेपालका अध्यक्ष डा. मन्दिप सुवेदीले संस्थागत विकासको लागि बढी ध्यान दिनु पर्ने तथा गाउँको साधारण व्यक्तिले समेत बुझ्ने गरी योजना तयार गर्न जरुरी रहेको बताउनु भयो।

अमेरिकाको नेभादा विश्वविद्यालयमा पोस्ट डक्टरल स्कलर डा. सतिश मानन्धरले नेपाल, टर्की र न्युजिल्याण्डको उदाहरण दिँदै ठूलो भूकम्प पश्चात सोही स्थानमा पराकम्पन आउन सक्ने र त्यसले धेरै क्षति पुर्‍याउन सक्ने जोखिम रहेको बताउनु भयो। मुख्य भूकम्प पश्चात सोही स्थानमा आउने पराकम्पन आउने हुँदा सो सम्बन्धी जागरण बढाउने कार्यक्रम राखेर क्षति रोक्न सकिने बताउनु भयो।

उर्जा मन्त्रालय का पूर्व सहसचिव इन्जिनियर मोती बहादुर कुँवरले जाजरकोटमा गएको भूकम्प पश्चात आएको पराकम्पनले पचास हजार भन्दा बढी घरमा क्षति पुगिसकेको हुँदा यस तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो।
जोखिममा रहेका समुदायको जीवन रक्षामा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक प्रशासन तथा योजना मन्त्री वेदराज सिंहले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रहेका सुत्केरी, नवजात शिशु, वृद्ध वृद्ध लगायत जोखिममा रहेका समुदायको जीवन रक्षा गर्न तीनै तहका सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो । अहिले चिसो बढ्दै गएकाले जेष्ठ नागरिक, सुत्केरी र बालबालिकालाई जोगाउन अप्ठेरो परेको उहाँले स्वीकार गर्नु भयो। “न्यानो कपडा वितरण, घुम्ती स्वास्थ्य शिविर तथा अस्थायी टहरा निर्माण गरी जोखिम मा रहेका जनता को ज्यान जोगाउन प्रदेश सरकारले सबै प्रयासहरु जारी राखेको पनि छ,” मंत्री सिंहले भन्नु भयो। जाजरकोट जिल्लाको आफ्नै गाउँ भूकम्पको केन्द्र भएको बताउंदै उहाँले उद्धार तथा राहत वितरणमा संलग्न सबैलाई धन्यवाद दिनु भयो। “सरकार पुन: निर्माणको काममा समेत लागेको छ। आवश्यक श्रोत साधनका लागि संघीय सरकार, दात्री संस्था तथा प्राविधिक परामर्शका लागि स्वदेश र विदेशमा रहेका विज्ञहरुको सहयोगको हामीले अपेक्षा गरेका छौं,” मंत्री सिंहले भन्नु भयो।

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले सेमिनारमा प्रस्तुत विषयहरूलाई समेटेर थप छलफल तथा कार्यान्वयनको लागि एक प्रतिवेदन तयार गर्ने तथा आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताउनु भयो। जय नेपाल इन्टरनेशनल फाउन्डेशनका डा. नीरज श्रेष्ठले उक्त कार्यक्रमको संचालन गर्नु भएको थियो।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result