Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

३ लाख किलोमिटर दुरी साइकलमा

अशोज १८, २०८१ २:४० मा प्रकाशित
Share on FacebookShare on Twitter

सिलीकोन भ्याली/क्यालिफोर्निया

अक्टोवर ३

दूरवीन सम्वाददाता
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित विश्व प्रशिद्ध स्ट्यानफोर्ड युनिभर्सिटीले नेपाली विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको घुँडा गत बर्ष सन् २०२३ सेप्टेम्बर देखि अनुसन्धान गरिरहेको छ । नेपालको दोलखा जिल्ला घर भएका  शाहले २०५५-२०६६ सम्म ११ बर्ष लगाएर संसारका १५० मुलुकको यात्रा साइकलबाट पुरा गरि विश्व कीर्तिमानी कायम गरेका थिए I विश्व साइकल यात्रा समाप्तिपछि उनले संसारभरिको झण्डा लिएर २०६७ जेठमा विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए। हालसम्म झन्डै ३ लाख किलोमिटर साइकल कुदाई सकेका शाह आफैमा विश्वको शाहसिक व्यक्तिमा गनिन्छन। एउटा मान्छेको जीवनमा ३ लाख किलोमिटर दुरी साइकलमा प्याडलिंङ्ग गर्नुलाई सामान्य हिसावमा लिन सकिन्न र यति लामो दुरी प्याडलिंङ्ग गर्ने घुँडाको अध्ययन / अनुसन्धान गर्नु विज्ञानको लागि अर्को नौलो कुरा हुनसक्छ। शाहले दिएको जानकारी अनुसार संसारको पछिल्लो अति बिकसित ११ टेस्लाको एमआरआइ मेसिनद्वारा साइकलयात्री उनको घुँडा अनुसन्धान भईरहेको छ।

शाह चर्चित नेपाली पत्रकार प्रेम बानिया संगको सहकार्यमा ‘ब्याक टु नेपाल २०३०’ को अभियानमा पनि सकृय छन् ।अमेरिका युरोप लगायतका विकसित मुलुकहमबाट सिकेको सीप र क्षमतालाई नेपालमा प्रयोग गर्न सकिने र नेपाललाई विश्व प्रशिद्ध गन्तव्य स्थल बनाउन सकिने शाहले बताउँदै आएका छन गत बर्ष शाहले संयुक्त राज्य अमेरिकाको ५० वटा राज्यमा साइकलबाट घुमेका थिए। उक्त साइकल यात्राको क्रममा स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टरहरुको एउटा समूहले शाहको घुँडा अनुसन्धान गर्ने चासो देखाएको थियो। रेडियोलोजिस्ट डा.सागर वाग्लेको पहलमा डा. शशी शिंह , डा. अनन्या गोयल, डा.रचेल सलित, प्रोटोकल डाइरेक्टर डा. फेलिका कोगानको समूहले बिगत एक बर्ष देखि उनको घुँडाको अनुसन्धान गरिरहेको छ। यस बर्ष सेप्टेम्बरमा दोश्रो पटक उनको घुँडालाइ एमआरआइ राखिएको थियो। पुष्कर शाहको घुँडाको अनुसन्धानबाट खेल जगत र स्वस्थमा एउटा नया तथ्य निस्कने अनुसन्धान लागेका रेडियोलोजिस्ट डा.वाग्ले बताउँछन्।
‘हरेक मान्छेको जीवनमा घुँडाको पाँङ्ग्रा कति पटक घुम्ने भन्ने प्राकृतिक नियम हुन्छ । मेरो घुँडाको पाँङ्ग्राको नियम पनि उस्तै होला । पृथ्वीलाइ ७ फन्को नाप्न पुग्ने दुरी प्याडलिंङ्ग गरी  सक्दा पनि घुँडामा कुनै असर नहुनु विज्ञानलाइ अनौठो लाग्न सक्छ ।’ डा.रसेलको प्रश्नमा साइकलयात्री शाह भन्छन ।
स्ट्यानफोर्ड, युनिभर्सिटी क्यालिफोर्नियामा रहेको निजी अनुसन्धान विश्वविद्यालय हो । ८,१८० -एकर क्षेत्रफलमा फैलिएको यो विश्व बिद्यालय संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो मध्ये एक हो। स्ट्यानफोर्ड युनिभर्सिटी बिज्ञानको क्षेत्रमा नयाँ नयाँ अनुसन्धान गरेर विश्व प्रशिद्ध छ भने विश्व प्रशिद्ध वैज्ञानिक एवं कम्पनीका मालिकहरु यस विश्वविद्यालका उत्पादन हुन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result