Sunday, August 9, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

नेतृत्वमा सहमतिको खोजी

साउन २४, २०८३ १२:२० मा प्रकाशित
जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली जनसम्पर्क समिति अमरिकाको तेस्रो केन्द्रीय अधिवेशन यही अगष्ट १४ देखि १६ तारिखसम्म भर्जिनिया राज्यमा सम्पन्न हुँदैछ । अधिवेशनको मिति एक हप्ता बाँकी रहँदा अध्यक्ष, महासचिव लगायतका महत्वपूर्ण पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । करिव १२ बर्षपछि हुन लागेको यस अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले गर्ने तय भएको छ ।


अध्यक्ष पदका लागि मुनिन्द्र नेम्वाड्ग, गौतम दाहाल, भरत अर्याल, सीपी पौडेल लगायतको नाम चर्चामा रहेको छ भने वेद खरेल र विष्णु सुवेदीको नाम पनि अघि सारिएको छ ।
गौतम र दाहालले आफू अध्यक्ष पदको प्रत्यासी भएको घोषणा गर्दै एजेण्डा सार्वजनिक गरेरै चुनावी अभियान शुरू गरिसकेका छन् । यद्यपि अधिवेशमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको र केन्द्रवाट पनि सहमतिका साथ अघि बढ़न आग्रह गरिएको बताइएको छ ।

यसैवीच अधिवेशनको मिति नजिकिदैं गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ । बरिष्ठ उपाध्यक्षमा यसअघि केन्द्रीय सदस्य रहेका क्यालिफोर्नियाका चन्द्र धितालले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी एनआरएनएका पूर्व क्षेत्रिय उपाध्यक्ष श्रीराम थापाले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

युवा पत्रकार उत्तम धमलाले युवावर्गले नेतृत्व पाउनुपर्ने अवधारणाका साथ बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।
अधिवेशनको संयोजक रहेका पूर्व बरिष्ठ उपाध्यक्ष धनन्जय केसीले भार्जिनियामा हुने सम्मेलनमा सहभागी हुन र भव्यताका साथ अधिवेशन सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् ।

खनालद्वारा महासचिवमा उम्मेदवारी

जसम्पर्क समिति क्यालिफोर्नियाका पूर्व अध्यक्ष नारायण खनालले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले ‘विश्वासको आधार, संगठनको बल’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संगठनलाई थप सुदृढ, पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्दै महासचिव पदमा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।

खनालले आफ्नो लागि पद प्रतिष्ठाको विषय नभई जिम्मेवारी र सेवाको माध्यम भएको बताएका छन्। उनले संगठनको सुदृढीकरणसँगै प्रवासमा रहेका नेपाली समुदायको हक–हितको संरक्षण तथा लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

संगठनलाई नयाँ उचाइमा पुर्‍याउन एकता र साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै खनालले भनेका छन्- ‘महाधिवेशनका प्रतिनिधि तथा सदस्यहरूसँग आफ्नो अभियानमा अमूल्य मत, सल्लाह, विश्वास र समर्थनका लागि आग्रह गर्दछु’ ।

निकै लामो सकसपछि हुन लागेको कारणले पनि जनसम्पर्कको अधिवेशनलाई अमेरिकाभर र नेपालमा समेत निकै चर्चा र चासोपूर्वक हेरिएको छ ।
सन् २०१४ मा ड्यालसमा भएको दोस्रो अधिवेशनपछि कांग्रेसको आन्तरिक राजनीतिका कारण समयमा हुन सकेको थिएन । जनसम्पर्क समिति नेपालको राजनीतिक दल नेपाली कांग्रेसका कार्यकर्ताहरुको प्रवासी भातृसंस्था हो ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result