न्यु याेर्क । सामान्यतय परिवार साथीभाई इष्टमित्र एक ठाँउमा जम्मा भएर चाडबाड मनाउनु नेपाली संस्कार हाे । अन्य समयका रिस राग पनि चाडबाडमा भुल्ने गरिन्छ । अझ विदेशी भुमी टेके पछि आफ्नाे कला, भाषा र संस्कृतिकाे महत्व झन बढी हुन्छ । बसाइ सर्नेहरूका लागि नयाँ ठाँउमा आफुलाई स्थापित गराउनु त छदै छ, सँग सँगै आफ्नाे परम्परा जाेगाउने चुनाैती पनि हुन्छ । आफ्नाे सन्ततीले पनि संस्कृति नभुलुन भन्ने हुन्छ ।
विदेशमा रहेर पनि विभिन्न समुदाय, जात जातीहरूले एकै ठाँउमा भेला भएर चाड पर्व मनाउने चलन कायम नै छ । तर केही यस्ता अपवाद पनि देखिन थालेका छन । नेपालकाे एउटै जाती, एकले अर्काेलाई देख्नै नसक्ने एकले अर्काेलाई स्वीकार नै गर्न नसक्ने । पछिल्लाे समय अमेरिकाकाे न्युयाेर्कमा गुरूङ समुदायमा त्याे समस्या झन झन बल्झदै गएकाे छ । त्यसाे त अमेरिकामा रहेका कुनै पनि सस्था विवाद मुक्त भने छैनन । राजनैतिक संस्थाकाे कुरै छाडाै, जातीय पहिचानका लागि खुलेका सस्था पनि विभाजित हुने क्रम बड्दाे छ । तामाङ, राइ-किराँत, शेर्पा लगायतका जातजातीकाे दुई वा त्याे भन्दा बढी सस्था रहेका छन् ।
याे क्रममा गुरूङ समुदाय एक कदम अगाडि देखिएकाे छ । गत बर्ष सम्म दुई ठाँउमा लाेसार मनाएकाे गुरूङ समुदायले यस पटक न्युयाेर्ककाे ज्याक्सन हाइट क्षेत्रमा भिन्ना भिन्नै तीन ठाँउमा लाेछार मनायाे । त्यस क्रममा लाेहारकाे हर्साेल्लास भन्दा पनि आक्राेस सामाजिक सञ्जालमा छरपष्ट देखिए ।
सन् २०१६ सम्म न्युयाेर्कमा गुरूङ समुदायकाे एउटै मात्र सस्था थियाे । द गुरूङ (तमु) साेसाइटीमा असन्तुष्टि जनाउदै सन् २०१७ मा तमु परिवार न्युयाेर्क जन्मियाे । सन् २०१८ मा गुरूङ समुदायकाे फेरि अर्काे संस्था थपियाे तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिका । यी तीनै सस्थाले पुस १५ काे आसपास पारेर न्युयाेर्कमा लाेसार मनाए ।
नेपाली आदिबासी जनजाती महासंघ अमेरिका फिप्नाले द गुरूङ (तमु) साेसाइटीलाई मात्र आफ्नाे मातहतकाे सस्था मान्दै आएकाे छ । फिप्नाले आफुहरूकाे कार्यक्रममा नजान उर्दी जारी गरेकाे भन्दै तमु परिवारकी उपाध्यक्ष मनीता गुरूङ सहितका पदाधिकारी सामाजिक सञ्चालमा नै उत्रिएका छन् ।
त्यसाे त न्युयाेर्कमा तीन तीन वटा लाेसार हुदा फिप्नाका अध्यक्षले एउटा कार्यक्रमलाई मात्र शुभ कामना दिएकाले पनि तमु परिवारले लगाएकाे आराेपमा बल पुगेकाे छ ।
हरेक मान्छेकाे विचार हुन्छ, राजनैतिक वाद हुन्छ, तर सबै मिलेर मनाउनु पर्ने चाड एउटै समुदाय त्याे पनि सार्वजनीक रूपमा नै यसरी विवादमा उत्रिएकाे देखाउदा, हाम्रा दाेस्राे पुस्तालाई के सन्देश दिने ?
के नेपाली संस्कृतिमा एउटा समुहदायले चाड मनाउदा अर्काे समुदायले बहिस्कार गर्नु पर्छ, एउटै जातीले तीन चार ठाँउमा एकले अर्काेलाई गाली गर्दै चाडबाड मनाउनु पर्छ भन्ने सन्देश दिने ?
प्रवासबाट हामी दैनीक रूपमा मातृभूमिमा नेताहरूलाई धारे हात लगाउदै गाली गरि रहेका हुन्छाै । कम्तिमा ती नेता अन्य समय बाझाबाझ गरे पनि चाडबाडकाे समयमा एकले अर्काेलाई चाहे त्याे औपचारिकताकै लागि किन नहाेस चियापानमा सहभागि हुने वा शुभ कामना सन्देश आदन प्रदान गरेकै हुन्छन ।
अमेरिका जस्ताे ठाँउमा यहाँकाे कानुन पुरा गरेर संस्था खाेल्न पाउने अधिकार छ । मन नमिल्न सक्छन, सबै एउटै सस्थामा बस्न पर्छ भन्ने हुदैन । पहिचानका मुद्दामा विचार बाझिन सक्छन । अधिकारकाे लडाइमा हिड्ने बाटाे फरक लाग्न सक्छ, ती सबैमा एक मत हुनै पर्छ भन्ने छैन । हामी आफु मिल्न सकिरहेका छैनाै त्याे भन्दा पनि गम्भिर भुल सन्तानलाई गलत सन्देश दिई रहका छाै ।












प्रतिक्रिया लेख्नुहोस्:-