काठमाडौं । नेपाल विद्युत प्राधिकरण आफैँले जबर्जस्ती ६०० देखि ७०० प्रतिशत पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने इन्टरनेट सेवा प्रदायकहरुले चेतावनी दिएका छन् ।
सोमबार इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् । उनीहरुले विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरुको मागका विषयमा पनि कुनै सुनुवाइ नभएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-