काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे परामर्श गरेका छन्।
उनले आयोगका पदाधिकारीहरुसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रन्त्रिपषदको कार्यालय सिंहदरबारमा छलफलमा गरेका हुन् ।
‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला,’ प्रचण्डले निर्देशन दिँदै भने।
प्रतिक्रिया लेख्नुहोस्:-