Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काली प्रसाद बास्कोटा सांगितिक प्रस्तुतिका लागि जनवरी १२ मा ह्युस्टन आउँदै

पुस १९, २०७५ ६:०८ मा प्रकाशित
काली प्रसाद बास्कोटा सांगितिक प्रस्तुतिका लागि जनवरी १२ मा ह्युस्टन आउँदै
Share on FacebookShare on Twitter

ह्युस्टन/टेक्सस, जनवरी ३/ आफ्नो एकल सांगीतिक प्रस्तुतिका लागि संगीतकार तथा गायक कालि प्रसाद बास्कोटा आगामी जनवरी १२ मा टेक्ससको ह्युस्टन आउने भएका छन्। 

‘जालमा’ शिर्षकमा पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’ भन्ने निकै फरक शैलीको सुनिने ‘रेशम फिलिली’ फिल्मको गीतलाई नेपाली संगीतका पारखीले यति रुचाए कि त्यही गीतले कालि प्रसाद बास्कोटालाई एका-एक नेपाली संगीत बजारमा स्थापित गरिदियो। उनकै शब्द, संगीत र स्वर रहेको ‘जालमा’ गीत आउनु अघि नेपाली पप संगीत सृजनामा लागेका तर  खासै प्रचारमा नआएका बास्कोटालाई २००७ मा शशी रावलको ‘इन्ट्रान्स’ एल्वममा समेटिएको ‘चाहना सकियो, बहाना सकियो’ बोलको पप गीतले संगीतकारका रुपमा चिनाएको हो।

‘जालमा’ गीत हिट भएपछि नेपाली म्यूजिक क्यारियरमा बास्कोटाको उकालो लाग्ने दिन शुरु भएको हो। पुरानो डुंगाको ‘निर जहिले रिसाउने, मन्जरी सिनेमाको ‘दैव हे, यो सपनाको गाउँ कहाँ मलाई देखाउ’ बोलको सनुप पौडेलले गाएको निकै हिट गीत होस् कि ‘ग्यांग्स्टर ब्लुज’को दुई हिट गीत ‘मनको हुन्न केही भर हैन र, मायामा हुन्न केही डर हैन र’ अनि ’दैलोमा सन्यासी, मसंग खाली जोबन छ’-का संगीतकार र गायक पनि कालि प्रसाद बास्कोटा नै हुन्।अचेल सुनिने हरेक नेपाली हिट गीतहरु बास्कोटाका संगीत वा स्वरले सजिएका नै हुने गरेका छन्। शत्रु गते सिनेमाको चर्चा पाएको गीत ‘ओडाउँला पिरतीको बर्को तिमीलाई, मेरै नामको सिन्दुरको धर्को तिमीलाई’ को स्वर र संगीत पनि बास्कोटा कै हो। अत्यधिक हिट मध्ये मै पर्ने लुट-२ को ‘ठमेल बजार’, कबड्डी-कबड्डीको ‘लप्पन- छप्पन‘ भन्ने अर्को चर्चित गीतमा पनि बास्कोटा कै स्वर र संगीत रहेको छ। 

बास्कोटाको स्वर/संगीत र हेमन्त रानाको गायनको अति चर्चित गीत ‘साहिंली’ त रिलिज भएको पहिलो हप्तामा नै विश्व भरमा यूट्यूब ट्रेन्डिंगमा १४ औं स्थानमा परेको थियो। उनको संगीतको ‘साहिली’लाई तीन करोड भन्दा बढी पटक हेरिसकेका छन्। नेपाल आइडलमा अतिथि भएर पुगेका हेमन्त राना आफैंले उनलाई हेमन्त रानाको रुपमा परिचय दिएकै कालीप्रसादले हो भनेबाट उनको सांगीतिक सृजना र गीत लेखनमा भएको उत्कृष्टतालाई सहजै अनुमान गर्न सकिन्छ। नेपाल आइडलको दुबै सिजनमा निर्णायकको भूमिकामा रहेका बास्कोटाको लोकप्रिय संगीत सृजना र गायनको चर्चा बढाउन नेपाल आइडलले पनि निकै सघाउ पुय्राएको हो। 

यस हिसाबले बास्कोटा वर्तमान नेपाली गीत-संगीतका अति व्यस्त र मन पराइएका कम्पोजर त हुन् नै, संगसंगै उनी निकै सुनिने गायक पनि हुन्। यिनै कालि प्रसाद बास्कोटा अहिले अमेरिकाको बिभिन्न शहरहरुमा आफ्नो स्वरले नेपाली स्रोता/दर्शकहरुलाई लोभ्याइरहेका छन्। 

ह्युस्टनका नेपाली तथा नेपाली गीतसंगीतका पारखीहरुलाई पनि बास्कोटालाई सुन्ने अवसर जुटाइदिएको छ- नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) र खुकुरी इन्टरटेन्मन्ट एण्ड इभेन्टले। यही जनवरी १२, शनिवारका दिन ह्युस्टनस्थित ताज हलमा साँझ ८ बजेबाट कालि प्रसादको जादुमयी गीत-संगीतको मज्जा लिन आउन  एनएएचले सबै ह्युस्टनबासी नेपाली एवं नेपालीभाषी समुदायमा अपील गरेको छ। कार्यक्रमबाट बचेको रकमबाट ह्युस्टनस्थित नेपालीहरुको पशुपति मन्दिर परिसरमा सकर ग्राउण्ड बनाउन प्रयोग गरिने एनएएचका अध्यक्ष डा.विष्णु नेपालले दूरबिन नेपाललाई जानकारी गराएका छन्।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result