काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको दल कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रभानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन । उनीहरूले सरकारबाट औपचारिक प्रस्ताव नआएको बताउँदै आइरहेका छन् । भेट हुनुअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-