दूरबिन नेपाल, अमेरिका
अमेरिकाका ३५ अखडामा आक्रमण गर्ने इरानी धम्कीको जवाफस्वरुप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका ५० स्थानलाई ध्वस्त पारिदिने चेतावनी दिएका छन । आफ्नो ट्वीटमार्फत राष्ट्रपति ट्रम्पले आतंकवादी नेताको मृत्युबाट भयभित बनेको इरानलाई ठेगान लगाउन अमेरिका धेरैपहिलेदेखि तयार रहेको बताएका छन । राष्ट्रपति ट्रम्पले अमेरिकाले थप धम्की नचाहेको तर इरानविरुद्ध छिटो र कडा प्रहार गरिने चोतावनी दिएका छन । राष्ट्रपति ट्रम्पको यो चेतावनी इरानले अमेरिकाका ३५ अखडामा आक्रमण गर्ने चेतावनी दिएपछि आएको हो ।
“ ३५ अमेरिकी अखडामाथी आक्रमण गर्छौं ” इरानी अधिकारी
शिर्ष सैनिक जर्नल कसाम सोलेमानीको हत्याको बदलास्वरुप अमेरिकाका ३५ स्थानमा आक्रमणको लक्ष्य निर्धारण गरिएको इरानी जनरल घोलमाली अबुहमजेहले चेतावनी दिएका छन । मुख्य सैनिक जनरलको अमेरिकी हमलामा मृत्युपछि अमेरिकाका ३५ स्थानलाई आक्रमणको तारो बनाएको इरानी सैनिक अधिकारीले बताएका हुन । उनका अनुसार अमेरिकी अखडाहरुमा जुनसुकै बेला आक्रमण हुनसक्छ । कसाम सोलेमानीको हत्याको बदला लिएरै छाड्ने इरानी चेतावनीपछि महत्वपुर्ण सैनिक जनरलको अर्को धम्की आएको हो । इरानको लक्ष्य खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखडाका साथै दुतावासहरु हुन सक्ने अनुमान गरिएको छ । अर्कोतर्फ इजरायलको राजधानी तेल अविवलाई पनि आक्रमणको निशाना बनाइएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरि सिरिया, इराक, बहराइन लगायतका क्षेत्रका अमेरिकी अखडाका साथै साइवर आक्रमणपनि लक्षित गरेको इरानी अधिकारीको दावी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-