काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरूको निकासीको प्रवर्द्धन गर्न सकेमा मात्रै मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन् ।
जुत्ता उत्पादक संघले काठमाडौंको बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको १६ औँ अन्तरराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवद्र्धन गर्न सके मात्र व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने र यसका लागि फुटवेयर उद्योगले पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएकी हुन् ।
सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवम् निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि प्रदर्शनी उपयोगी माध्यम हुने उनले विश्वास व्यक्त गरिन् ।







प्रतिक्रिया लेख्नुहोस्:-