काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको अहिलेको सरकार नेपालीले नै निर्णय गरेर बनाएको बताएका छन् ।
अध्यक्ष ओलीले शनिबार एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा अहिलेकोे सरकारलाई उपयुक्त ढंगले गाइड गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन् ।
‘‘यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाइड गर्न चाहन्छौं । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’ ओलीले भने ।
‘‘
प्रतिक्रिया लेख्नुहोस्:-