काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।
उनले आइतबार सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा ले यस्तो बताएका हुन्।
उनले सरकारका सचिवहरूसँगको छलफलमा पनि सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताएका थिए। उनले भने, ‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्। अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित काम गर्नुछ। त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-