काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गो लगाउन ब्यापक दवाब चाहिएको बताएका छन् । पूर्व प्रधानमन्त्री उनले बुधवार नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष प्रचण्डले प्रेसर बढाए मात्र यो विषय टुङ्गोमा पुर्याउन सकिने बताए । उनले भने, ‘‘एकताबद्ध भएर पीडितले सडकबाट दबाब नदिए टी आरसी अर्को १८ वर्ष जान पनि बेर छैन। राजनीतिक दबाब दिन जरुरी छ । प्रेसर भएका यो टुङ्गोमा पुग्न सक्छ। म दबाब बढाउने ढङ्गले सोच्दै छु। सदन सरकार र सडकबाट दबाब दिने तयारीमा छु।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग टीआरसीलाई अघि बढाउन दबाब दिन छिट्टै भेट्ने समेत बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-