काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको यो सरकारले आफूले गरेको भ्रष्टाचार ढाकछोप गर्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् । झापाको राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा बोल्दै उनले सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे ।
सरकारको संरक्षण रहेको बतास समूहलाई केपी ओलीको ज्वाइँ भनेर मिडियाबाट जसरी प्रचारबाजी गरिएको छ त्यो उनीहरुले गरेको भ्रष्टचार लुकाउने प्रपञ्च भएको उनले दावी गरे ।
‘अहिले जसरी संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा’ ओलीले भने ।
नारायणहिटीमा क्याफे बनाइरहेको बतास अर्गनाइजेशनले यसमा विवाद उपन्न भएपछि यसका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएउँदै आफूलाई कसैले केही गर्न नसक्ने भनेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-