काठमाडौं। सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रसारित सामग्री दुराशयपूर्ण भएको निष्कर्ष निकालेको छ।
सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यस्तो निष्कर्ष निकालेको हो ।
सोमबार आदेश गर्दै उक्त अनलाइनबाट प्रसारित ‘चार सय बढी भ्रष्ट्राचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अप्रेसन’ शीर्षकको सामग्री तथा त्यसपछि शृंखलाबद्ध रूपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो श्रव्य दृश्य सामाग्री प्रथम दृष्टिमै अदालत, न्यायिक प्रक्रिया र समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा गरी अदालतको गरिमा र मर्यादामा आँच पुर्याउने तथा अदालतको न्याय सम्पादन सम्बन्धी कार्यमा अवरोध गर्ने उद्देश्यले उत्पादन तथा प्रसारण गरेको देखिएको ठहर गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-