काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले अब कुनै पार्टीसँग एकता नगर्ने उद्घोष गरेका छन्।
उनले विहीबार अनेरास्ववियुले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
एकीकरणका नाममा पदमा निकै लफडा हुने गरेको भन्दै उनले एमालेको नीति निर्णयलाई स्वीकार गर्नेलाई मात्रै भित्र्याउने उल्लेख गरे।
अध्यक्ष ओलीले एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको उल्लेख गरे। एमालेलाई सिध्याउँदै भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको उनले बताए।
उनले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखी बिना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी संगठन अनेस्ववियुलाई निर्देशन दिए।
प्रतिक्रिया लेख्नुहोस्:-